काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि सुरु हुने भएको छ ।
बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैंक्वेटमा पुस ३ गतेसम्म जारी रहने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ब्रिफिङ् गर्ने कार्यतालिका छ ।
यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुने उनको भनाइ छ। यस्तै बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने एजेण्डा पनि तय भएको छ ।
पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० मंसिर २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो
राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु
मधेश केन्द्रित चुनावी अभियानमा राप्रपा