काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।सोमबार दाहालले एनसेलले शेयर बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरेको/नगरेको विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।
एनसेलको शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन्।
यस्तै एनसेलको शेयर खरिद प्रक्रियालाई लिएर सार्वजनिक लेखा समितिले चासो देखाएको छ । समितिले उक्त कम्पनीको शेयर बिक्रीका सन्दर्भमा ९ जिज्ञासाको जवाफ खोजेको छ । आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्र लेखेर समितिले एनसेलमा रहेको आजियाटा ग्रुपको शेयर खरिद बिक्रीका सन्दर्भमा लेखा समितिले चासो देखाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
राजदूतसँग प्रधानमन्त्रीले सिधा भेट नगर्ने
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई
कोशीका सांसदहरूसँग प्रधानमन्त्रीको छलफल, क्षेत्रगत समस्या समाधानमा प्राथमिकता निर्धारण
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक