काठमाडौं। शनिबार राति दक्षिणी फिलिपिन्समा गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ । भूकम्पमा दुई जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
शनिबार राति फिलिपिन्समा लगातार दुई ठूलो भूकम्पको झट्का महसुस गरिएको थियो । समाचारमा जनाइएअनुसार फिलिपिन्समा ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो । भूकम्प लगत्तै सुनामीको चेतावनी दिइए पनि त्यसको खतरा टरेको बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले भूकम्पको प्रभावको मूल्याङ्कन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै