एजेन्सी । आइतबार भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ।
तीन ब्याट्सम्यानको शानदार अर्धशतकको मद्दतले भारतले चार विकेटमा २३५ रन बनाएको थियो।
२३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीका ओपनरले राम्रो सुरुवात गरे पनि पूरा टिम १९१ रनमा अलआउट भयो।
अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले ५० रन जोड्न सकेनन् । भारतका लागि प्रसाद कृष्ण र रवि बिश्नोईले ३/३ विकेट लिए।
नोभेम्बर २४ मा भएको पहिलो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई दुई विकेटले पराजित गरेको थियो।
खेल सुरु हुनुअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । भारतका तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाए ।
भारतका लागि यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ र ऋतुराज गायकवाडले ५८ रनको योगदान दिए।
भारतले अन्तिम दुई ओभरमा ४५ रन बनाएको थियो भने अन्तिम सात ओभरमा १११ रन बनाएको थियो। तीव्र गतिमा खेल्दै रिंकु सिंहले ९ बलमा ३१ रन बनाए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ मंसिर २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’