एजेन्सी । आइतबार भएको दोस्रो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ।
तीन ब्याट्सम्यानको शानदार अर्धशतकको मद्दतले भारतले चार विकेटमा २३५ रन बनाएको थियो।
२३६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाली टोलीका ओपनरले राम्रो सुरुवात गरे पनि पूरा टिम १९१ रनमा अलआउट भयो।
अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले ५० रन जोड्न सकेनन् । भारतका लागि प्रसाद कृष्ण र रवि बिश्नोईले ३/३ विकेट लिए।
नोभेम्बर २४ मा भएको पहिलो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई दुई विकेटले पराजित गरेको थियो।
खेल सुरु हुनुअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । भारतका तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाए ।
भारतका लागि यशस्वी जैसवालले ५३ रन, इशान किशनले ५२ र ऋतुराज गायकवाडले ५८ रनको योगदान दिए।
भारतले अन्तिम दुई ओभरमा ४५ रन बनाएको थियो भने अन्तिम सात ओभरमा १११ रन बनाएको थियो। तीव्र गतिमा खेल्दै रिंकु सिंहले ९ बलमा ३१ रन बनाए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ मंसिर २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित