काठमाडौं । आफ्नै घरमा नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् । घरमै पत्रकार सम्मेलन गरेर उनले आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।
‘मैले जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपर्ने रु’ उनले प्रश्न गरे, ‘हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ?’ उनले भने, ‘म क्यान्सर सर्भाइभर हुँ । कति बाँच्छु मलाई नै थाहा छैन । प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन रु आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’
‘हिजो उहाँलाई सहयोग गरुञ्जेल छोरो भन्नुहून्थ्यो । उहाँहरुको आवाज उठाउँदा मलाई एरेस्ट गरिन्छ भने हिजो सैनिक हिरासतको कठोर यातना भोगेको हुँ । पुलिसको यातना भोग्न पनि तयार छु ।’ प्रसाईंले थपे ।
आफूलाई पक्राउ गरेर यो अभियान नरोकिने उनको भनाइ छ । यो व्यवस्था परिवर्तन नहुञ्जेल काठमाडौंका पसलहरु बन्द गर्न उनले आह्वान गरे । ‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस,’ प्रसाईंले भने, ‘दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई