काठमाडौँ । ११ दिनपछि खुलेको शेयर बजार आज सोमबार एक अङ्कले बढेको छ । तिहार र अन्य बिदाका कारण गएको कात्तिक २३ गतेपछि आज खुलेको शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेको छ ।
आज होटेल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेको छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेको छ । आज ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।
आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नाै कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे सात कराेड ३६ लाख रुपैयाँकाे शेयर किनबेच भयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज शेयर बजार बढ्यो, २ अर्ब ७९ करोडको कारोबार
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब १४ करोड
नेप्सेमा ७.२९ अंकको गिरावट
१८.०६ अंकले घट्यो नेप्से
नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब १ करोडको कारोबार
नेप्से सूचक २ अंकले घट्यो, १ अर्ब २८ करोडको कारोबार