काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोेखरेलले भुकम्प पीडित जनतालाई राहत र उद्दार गर्ने बेलामा सरकार मैदानबाट भागेको आरोप लगाएका छन् । एमाले जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विषेश भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार मैदानबाट भागेपछि नेकपा एमालेले भुकम्प प्रभावित जनताको सेवाका लागि एक हजार स्वयंसेवक खटाएर सहयोग गरिरहेको बताए ।
‘पश्चिम रुकुम र जाजरकोटमा गएको भुकम्पका कारण जनता चिसोले कठ्यांग्रिएर मरिरहेका छन्’ उनले भने, ‘सरकार सूरुका दिनमा हेलिकोप्टरमा सवार त देखियो । जतिवेला जनतालाई राहत र उद्दारको आवस्यकता छ त्यतिवेला सरकार मैदानबाट भागेको अवस्था छ ।’ महासचिव पोखरेलले नेकपा एमालेसँग जनताको स्वयंसेवामा प्रतिस्पर्धा गर्न चुनौति दिदै उनले जनताको हरेक समस्याको समाधानमा एमाले रहने भन्दै पछिल्लो समय जनतामा फैलिएको निराशा चिन्ताको विषय भएको बताए । उनले केही दिन अघि प्रधानमन्त्रीले राखेको बैठकमा जनतामा बढेको निराशाको कारण सरकार आफैले खोज्नुपर्ने अध्यक्ष ओलीले धारणा राखेको भन्दै सत्ता तर पनि जिम्मेवार बन्न नसकेको बताए ।
उनले अतिवादमार्फत नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । महासचिव पोखरेलले नयाँ र पुरा दलहरुको निशानामा एमालेलाई पारिएको भन्दै प्रतिपक्षमा रहेको एमालेमाथिको प्रहार किन भनेर प्रश्न गर्दै देशभक्त शक्तिमाथिको प्रहारका रुपमा बुझ्न जरुरी रहेको बताए । उनले राष्ट्निर्माणको अभियानका लागि मंसिर ७ वार्मपमात्रै भएको र त्यसपछि पनि वेथिति, कुशासन र सत्ताका गलत नीति र प्रतिगामी कदमहरुविरुद्ध निरन्तर जारी रहने बताए । यसअघि एमालेको भात्रृ संगठन युवा संघ नेपालले मंसिर ७ मा प्रदर्शन गर्ने भनिएपनि अव यो कार्यक्रमको स्वामित्व एमालेले नै लिएको पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटकको चुनावी उत्साहले दीर्घकालीन सफलता सुनिश्चित हुँदैन’ : शंकर पोखरेल
बालेन लहर हाम्रा लागि शिक्षा हो : शंकर पोखरेल
योगेशको भनाइको अधुरो अंश सम्प्रेषण भएको हुनसक्छ : शंकर पोखरेल
२८ हजार बढी मतान्तरले हारे शंकर पोखरेल
‘विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक’ : शंकर पोखरेल
समस्या राजनीतिक अस्थिरतामा र सामाजिक अराजकतामा छ : महासचिव पोखरेल