काठमाडौँ । भक्तपुरको दुघपाटीमा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–४ स्थित नासमाना घर भएका ५३ वर्षीय सुमन राजभण्डारीको नपुखु पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताए ।
मंगलबार डुबिरहेको अवस्थामा उनलाई उद्धार गरेर उपचारको लागी भक्तपुर अस्पताल पठाइएको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाठकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु