रौतहट । रौतहटको चन्द्रपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ५ स्थित जगत पेटोलपम्प नजिक विपरित दिसातर्फ गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा अटोमा सवार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
ना २ ह २४५३ नम्बरको अटो र ज ७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा चन्द्रपुर- ४ की ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि बुधबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र अटो चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु