रौतहट । रौतहटको चन्द्रपुरमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ५ स्थित जगत पेटोलपम्प नजिक विपरित दिसातर्फ गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा अटोमा सवार एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
ना २ ह २४५३ नम्बरको अटो र ज ७ प ८२५० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँएका हुन्। दुर्घटनामा चन्द्रपुर- ४ की ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर केसीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि बुधबार दिउँसो वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र अटो चालकलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन तलामाथिबाट खसेर वृद्धाको मृत्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृत्यु
स्करपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
एकै परिवारका ६ बालबालिकाको नदीमा डुबेर मृत्यु
नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु