काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका विभिन्न धर्म समुदायका मौलिक संस्कृति तथा चाडपर्वले समाजिक सद्भाव, सहिष्णुता अभिवृद्धि गरी सामाजिक एकता कायम गर्ने बर्ताएका छन्।
हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले विविधताले भरिपूर्ण नेपाली समाजका फरक धार्मिक रीतिरिवाज, वेशभूषा, कला, साहित्य तथा संस्कृतिले समग्र राष्ट्रको गौरव बोकेको बताएका हुन्।
सबै जाति समुदायका चाडपर्वले नेपालीलाई एकताबद्ध गरी सांस्कृतिकरूपमा एकापसमा जोड्ने काम गरेको उल्लेख गर्दै उनले समाजिक भ्रातृत्व, सहअस्तित्व, पारस्परिक सहयोगले नै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरे।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै समुदायका भाषा साहित्य कला संस्कृति तथा मौलिक परम्परा चाडबाडको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
राजनीतिक उपलब्धिलाई रक्षा गर्न परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो औँल्याउँदै उनले सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई आर्थिक तथा सामाजिक रुपान्तरण गराउन आवश्यक रहेको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ कार्तिक २०८०, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड