काठमाडौं। नेपाल टेलिकमको कूल आयमा ३ दशमलब ५४ प्रतिशतले कमी आएको छ । टेलिकमको प्रथम त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको यही अवधिको तुलनामा कूल आय ३ दशमलब ५४ प्रतिशतले कमी आएको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त)सम्मको कूल आय १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ रहेको छ । जबकी उक्त रकम गत आर्थिक वर्षको सोही अवधि (२०७९आश्विन मसान्त)मा ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ थियो । टेलिकमको आय गत वर्षको तुलनामा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कमी आएको हो ।
चालु आ.व.को प्रथम त्रैमासिकसम्मको कूल सञ्चालन आय ८ अर्ब ५८ करोड ५० लाख ६३ हजार रहेको त्रैमासको वित्तीय रिपोर्टमा उल्लेख छ । जबकि गत वर्षको सोही अवधिको कूल सञ्चालन आय ९ अर्ब ७ करोड ७५ लाख ८४ हजार थियो । सञ्चालन आयमा पनि ४९ करोड २५ लाख २१ हजार अर्थात, ५ दशमलब ४३ प्रतिशतले कमी आएको छ ।
प्रथम त्रैमासको वित्तीय विवरण टेलिकमको मुनाफामा पनि कमी आएको छ । चालु वर्षको प्रथम त्रैमासिक अवधिसम्मको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३२ हजार रहेको छ । उक्त रकम गत वर्षको सोही अवधिको खुद मुनाफाभन्दा १९ करोड ८० लाख ७४ हजार अर्थात् ८.९० प्रतिशतले कम हो ।
चालु वर्षको त्रैमासिक अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४५.०५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक