काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे ।
नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाए । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए ।
एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासङ्घले पहल गर्ने थप स्पष्ट पार्नुभयो । क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्याउन तयार रहेको प्रतिबद्धता जनाए ।
महासङ्घले जनाएको छ । भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत
प्रधानमन्त्रीलाई नेसपा नयाँ शक्तिको ध्यानाकर्षण
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको चुस्त तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिँदैन : प्रधानमन्त्री ओली
कर्णालीका नेताहरुलाई अध्यक्ष ओलीको निर्देशनः ‘हावाको झोक्काको पछि होइन पार्टी निर्माणमा लाग्नुुहोस्’
प्रधानमन्त्रीबाट तराई-मधेसको सुख्खा क्षेत्रको अवलोकन