भरतपुर । भरतपुर महानगरपालिकाले गरेको काममा भएका बेथिति, ढिलासुस्ती तथा सुशासनमा प्रश्न उठाएर विभिन्न सरोकारवाला पक्ष तथा व्यक्तिले महानगरको विरुद्धमा सरकारका विभिन्न निकायमा १४७ वटा उजुरी तथा गुनासो गरेका छन् ।
महानगरले गरेका विभिन्न कामबाट असन्तुष्ट सरोकारवाला पक्षले गत आर्थिक वर्षभरिका कार्यशैली तथा सुशासनमा प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेल्लो सरकार, सतर्कता केन्द्र र महानगरमा नै गरी ती उजुरी परेको हो ।
भरतपुर महानगरपालि आफैँले जिल्लाका सरकारी कार्यालयहरूको वार्षिक कार्य प्रगति समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार महानगरविरुद्धमा गत आर्थिक वर्षमा उक्त उजुरी परेका हुन् ।तीमध्ये सबैभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९६ वटा छन् । ९० वटा फर्छ्यौट भइसकेको छ । बाँकी ६ वटाको भने जवाफ पठाएको महानगरपालिकाले जनाएको छ ।
महानगरका अनुसार सुशासन तथा विभिन्न आयोजना, विद्यालय, बजार अनुगमनलगायतका विषयमा उजुरी परेका छन् ।त्यसैगरी हेलो सरकारमा ४३ वटा उजुरी परेको थियो । तीमध्ये ८ वटाको जवाफ पठाएको, बाँकी ३५ वटाको टुङ्गो लागिसकेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रमा एउटा मात्रै उजुरी परेको छ । सतर्कता केन्द्रको उजुरी भने टुङ्गिन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०९ कार्तिक २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण