दुई तिहाइ सजाय भुक्तान गरिसकेका कैदी अब जेलबाहिर

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ कार्तिक २०८०, ०७ : ४०
दुई तिहाइ सजाय भुक्तान गरिसकेका कैदी अब जेलबाहिर

काठमाडौ । दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको  प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ। 

सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

कात्तिक १ गतेदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याइएको हो। अब दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीले तोकिएको सर्तसहित स्वतन्त्ररूपमा बाहिरै बसेर जीवनयापन गर्न पाउने छन् ।

२०७५ भदौ १ गतेदेखि नयाँ ऐन लागु भए पनि त्यसको पाँच बर्षपछि प्यारोलको व्यवस्था कार्यान्वयनमा आएको खबर गोरखापत्रले छापेको छ ।

प्रतिक्रिया दिनुहोस