काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था र पूर्वाधार बैंकहरुलाई चालु आर्थिक वर्षको प्रथम त्रैमासको अन्तरिम वित्तीय विवरण प्रकाशित गर्ने म्याद थप गरेको छ ।
राष्ट्र बैंकले सूचना जारी गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशनका लागि १० दिन समय थप गरेको हो । त्रैमास सकिएको ७ दिनभित्र अन्तरिम वित्तीय प्रतिवेदन तोकिएको ढाँचामा प्रकाशित गर्नुपर्नेमा आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासका लागि अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशन गर्न १७ कात्तिक २०८० सम्म समयावधि थप गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने