काठमाडौँ। इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा आफ्ना १० जना साथी गुमाएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुले आफूहरुलाई उद्धार गरिदिन आग्रह गरेका छन् । बंकरभित्र साथीहरुसँग रहेका विपिन सुवेदीले भिडियोमार्फत आफूहरू तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै चाँडो उद्धार गरिदिनु आग्रह गरेका हुन् ।
उनले आफूहरूको अवस्था निकै नाजुक रहेको पनि बताएका छन् । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहे पनि आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको भन्दै उनले बंकरभित्र रहँदा कुन बेला मरिने हो भन्नेमा कुनै टुङ्गो नरहेको उल्लेख गरेका छन् ।
उनले बैठक बसिरहेको छ, उद्धारको लागि पहल गर्दैछौं भनेर भन्ने काम मात्र नगरेर छिटोभन्दा छिटो उद्धार गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ असोज २०८०, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा