एजेन्सी । इजरायली सेनाले हिजबुल्लाहविरुद्ध आक्रमणको तयारी गर्दै दक्षिण लेबनानका धेरै स्थानलाई युद्ध क्षेत्र घोषणा गरेको छ । इजरायली सेनाले ती स्थान खाली गर्न आदेश जारी गरेको बीबीसीले जनाएको छ ।
इजरायल डिफेन्स फोर्सेज (आईडीएफ)ले त्यहाँका बासिन्दाहरूलाई सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको जाहरानी नदीको उत्तरतर्फ जान आग्रह गरेको छ । हिजबुल्लाहले पटक–पटक युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आईडीएफले आफूले अत्यधिक बल प्रयोग गरेर कारबाही गर्ने चेतावनी दिएको छ ।
गत अप्रिल १७ मा युद्धविराम लागु भएयताकै यो सबैभन्दा ठूलो क्षेत्र खाली गर्ने आदेश भएको बीबीसीले जनाएको छ । यसले लेबनानी भूभागको करिब १४ प्रतिशत हिस्सा समेटेको बताइएको छ । यसअघि बुधबार इजरायलले दक्षिणी लेबनानको प्रमुख सहर टायरमा आक्रमण गरेको थियो । इजरायलले नै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको हिजबुल्लाहले आफ्ना लडाकु र इजरायली सैनिकबीच भिडन्त भएको जनाएको छ ।
बुधबारका यी आक्रमणहरू इजरायली प्रधानमन्त्री बेनजामिन नेतन्याहूले जमिनमा आफ्नो सैन्य अभियान विस्तार गर्ने घोषणा गरेपछि भएका हुन् । दक्षिण लेबनानको केही भागमा तैनाथ इसरायली सैनिक तथा उत्तरी इसरायलका सर्वसाधारणलाई लक्षित गरी हिजबुल्लाहले ड्रोन आक्रमण गरेपछि नेतन्याहूले उक्त घोषणा गरेका थिए ।
आईडीएफले पछिल्लो २४ घण्टामा क्षेत्र खाली गर्नेसम्बन्धी नौवटा चेतावनी जारी गरेको छ, जसले इसरायल–लेबनान सीमामा तनाव थप बढ्ने र पुनः ठूलो संख्यामा मानिसहरू विस्थापित हुनसक्ने त्रास पैदा गरेको छ ।दक्षिण लेबनानको सबैभन्दा ठूलो सहरमध्ये एक टायरका लागि बुधबार जारी गरिएको आदेशलगत्तै त्यहाँ हवाई आक्रमणहरू गरिएका थिए ।
अधिकारीहरू र मानवीय सहायताकर्मीहरूले राजधानी बेरुतको दक्षिणमा रहेको तटीय सहर सिडोनले अब विस्थापित परिवारहरूको बढ्दो चाप धान्न नसक्ने बताएका छन् । उनीहरूले नागरिकहरूलाई थप पूर्वतर्फ रहेको बेका उपत्यका र माउन्ट लेबनानतर्फ जान आग्रह गरेका छन् । यसैबीच, बुधबार नै लेबनानी सञ्चारमाध्यमहरूले दक्षिण लेबनान र पूर्वी बेका उपत्यकामा इजरायलले ठूलो आक्रमण गरेको जनाएका छन् । चौकिन र नबातिह सहरमा चारजनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ जेठ २०८३, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा