एजेन्सी । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल हमलाले भयावह रूप लिएको छ । स्थानीय दमकल विभागका अनुसार, मिसाइल सहरको बीचभागमा खसेको थियो, जसका कारण सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको छ । घटनास्थलमा उद्धार र राहत कार्य जारी छ ।
आक्रमणपछि इजरायल सरकारले अरादमा संकटकाल घोषणा गरेको छ । सञ्चारमाध्यमका अनुसार, यस हमलामा कम्तीमा ८८ जना घाइते भएका छन् । इजरायली आपत्कालीन सेवाले घाइतेहरूको उपचार भइरहेको र एक पाँच वर्षीया बालिकाको अवस्था गम्भीर रहेको जनाएको छ । मिसाइल बाक्लो बस्ती भएको इलाकामा खसेकाले धेरै भवनहरू ध्वस्त भएका छन् । स्थानीय प्रशासनले सबै नागरिकलाई सुरक्षित स्थानमा रहन अपिल गरेको छ ।
इरानको दाबी : इजरायलको आकाश सुरक्षित छैन
इरानी संसद्का सभामुख मोहम्मद–बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत डिमोनामा हालै भएका मिसाइल हमलाहरूले इजरायलको हवाई सुरक्षा प्रणाली कमजोर हुँदै गएको प्रमाणित गरेको बताएका छन् । उनले अब इजरायलको आकाश सुरक्षित नरहेको र युद्ध नयाँ चरणमा प्रवेश गरेको दाबी गरेका छन् ।
यसैबीच इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार, युद्ध सुरु भएयता इजरायलमा चार हजार २९२ भन्दा बढी मानिस घाइते भई अस्पताल पुगिसकेका छन् ।
हिजबुल्लाहको दाबी
यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले उसका लडाकुहरूले सीमानजिकै इजरायली सैनिक र सैन्य सवारीसाधनहरूलाई निसाना बनाएको दाबी गरेका छन् । संगठनका अनुसार, मार्काबा इलाकामा गस्ती गरिरहेका सैनिकहरूमाथि रकेट प्रहार गरिएको छ । यसका साथै अल अदाइसेह सीमा क्षेत्रमा पनि इजरायली सैनिक र सवारी साधनहरूमाथि हमला गरिएको हिजबुल्लाहले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ चैत्र २०८२, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा
अमेरिका-इजरायल-इरान द्वन्द्व अन्त्यको माग गर्दै काठमाडौँमा शान्ति प्रदर्शन
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
अवस्था सामान्य नहुँदासम्म इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको आह्वान
इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट
इजरायलले गर्यो गाजामा हमला, कम्तीमा ३२ जनाको मृत्यु