एजेन्सी । सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो ।
योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ । यो पहिलो पटक हो जब भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो ।
यो स्थान हासिल गर्ने भारतीय टोली विश्वको दोस्रो टोली हो। यसअघि सन् २०१२ को अगस्टमा दक्षिण अफ्रिकी क्रिकेट टोलीले पनि यस्तै उपलब्धि हासिल गरेको थियो।
एसिया कप जित्दा पनि भारत आईसीसी एकदिवसीय वरियतामा दोस्रो स्थानमा थियो भने पाकिस्तान फाइनलमा नपुगे पनि पहिलो स्थानमा थियो । अर्कोतर्फ, भारत र अस्ट्रेलिया दुवैले नम्बर १ टोली बन्ने मौका पाएका थिए ।
दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा अस्ट्रेलियाले त्यो मौका गुमायो । अब मोहालीमा भारतसँगको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा अस्ट्रेलिया पराजित भएको छ ।
अर्कोतर्फ, यो खेल जितेर भारतले आफ्नो वरियतामा ११६ अङ्क बढाएर पाकिस्तान (११५) लाई पछि पार्दै नम्बर १ टोली बनेको छ । अस्ट्रेलिया १११ अङ्कसहित तेस्रो स्थानमा छ । अब अस्ट्रेलियाले यस शृङ्खलाका अर्को दुई खेल जित्दा पनि विश्वकपअघि आईसीसी वरियतामा नम्बर १ टोली बन्न सक्नेछैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असोज २०८०, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिदेशीय क्रिकेट शृङ्खला : नेपाल र स्कटल्याण्ड खेल्दै
अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास