उपसचिव र शाखा अधिकृतसहित ३५ जनाको सरुवा (नामावलीसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, २० : २९
उपसचिव र शाखा अधिकृतसहित ३५ जनाको सरुवा (नामावलीसहित)

काठमाडौँ । ३५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार सरुवा भएका उपसचिवहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव अनिल थापालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालयका वेदनिधि अधिकारीलाई सत्य निरूपण तथा मेलमिलाप आयोग, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका लालबहादुर गुरुङलाई गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त)का मदन घिमिरेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ । 

यसैगरी वैदेशिक रोजगार बोर्डको सचिवालयकी रमा भट्टराई निरौलाको युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालयका रमेश पाण्डेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालयकी इन्द्र कुमारी थपलियाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शहरी विकास मन्त्रालयका जीवन राज सेढाईको राष्ट्रिय महिला आयोग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सोमराज बरालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र त्यहाँका लेखनाथ ज्ञवालीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पर्व प्रसाद सापकोटाको गृह मन्त्रालय र सङ्घीयकै प्रह्लाद कुमार कार्कीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको विवरण  प्राप्त भएको छ । 

यसैगरी इश्वरपुर नगरपालिकाका हिराकाजी श्रेष्ठको सिराहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति धनुषाका कमल बहादुर कार्कीको इश्वरपुर नगरपालिका सर्लाही, सुखीपुर नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साहको रामगोपालपुर नगरपालिका, महोत्तरी, भूमिका स्थानका बाबुराम पौडेलको शिवराज नगरपालिका, रामगोपालपुर नगरपालिकाका राम विनय कुमार (सिंह)को शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र बेंसिशहर नगरपालिकाका गोकर्णराज सुयलको गृह मन्त्रालयमा सरुवा भएको छ । 

 जिल्ला समन्वय समिति डोटीका भुवनेश्वर लामिछानेको जिसस रामेछाप, जिसस रोल्पाका समन्वय अधिकारी ऋषिराम के.सी.को घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, मुख्यमन्त्री कार्यालय कोशीका उपसचिव केशव प्रसाद अर्यालको जिसस मोरङ, विदुर नगरपालिकाका प्रशासकीय अधिकृत विनोद कुमार खनालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि प्रसाद सिटौलाको विदुर नगरपालिका, निर्वाचन आयोगका लुम्बनाथ पोखरेलको जिसस सिन्धुली, जिसस सिन्धुलीकी उर्मिला काफ्लेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ । 

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सरिता कुमारी खतिवडाको बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सुनवल नगरपालिकाका भक्तिराम मरासिनीको बाँणगंगा नगरपालिका, शिवराज नगरपालिकाका चेतनाथ गिरीको सुनवल नगरपालिका, बाँणगंगाका यमकान्त पाण्डेयको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीमा सरुवा गरिएको छ । 

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मुकुन्द शर्माको देवचुली नगरपालिका र विष्णु प्रसाद भुसालको बुटवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ भने भद्रपुरका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीको मेचीनगर नगरपालिका, मेची नगरका महेश पराजुलीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद राज फुयलको जितपुर सिमरा उपमहानगरपालिका बारामा पठाइएको विवरण  प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस