सीटीईभीटी र नेविसंघबीच १२० जनालाई निःशुल्क पढाउने सहमति

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, १२ : १८
सीटीईभीटी र नेविसंघबीच १२० जनालाई निःशुल्क पढाउने सहमति

काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) र नेपाल विद्यार्थी संघबीच ८० पालिकाका १२० जनालाई छात्रवृत्ति उपलब्ध गराउने सहमति बनेको छ ।

परिषद्का तीनवटा आङ्गिक क्याम्पसमा पठनपाठन, खाना र आवास नि:शुल्क हुने गरी सीटीईभीटी र नेविसंघबीच सहमति भएको छ । विकट जिल्लाका ८० पालिकाका दलित, मुस्लिम, विपन्न र सीमान्तकृतलाई विशेष छात्रवृत्तिका उपलब्ध हुने भएको छ । छात्रवृत्ति डिप्लोमा इन फार्मेसी अध्ययन गर्नेले प्राप्त गर्नेछन् ।

आगामी आर्थिक वर्षबाट थप आङ्गिक शिक्षालयबाट प्रमाणपत्र नर्सिङ कार्यक्रम सञ्चालनका लागि टोली बनाइ अध्ययन गर्ने दुई पक्षबीच सहमति बनेको छ । परिषदबाट सञ्चालित परीक्षाको ट्रान्सक्रिप्ट प्रदेश कार्यालयबाट वितरणको व्यवस्था गरिने सहमति भएको छ ।

सहमतिमा परिषद्का तर्फबाट निर्देशक रामहरि देवकोटा, विनोद बडाल, टैलेन्द्र आचार्य र उप निर्देशक एकराज अधिकारीले हस्ताक्षर गरेका छन् । नेविसंघबाट परिषद् संयोजक सुशील खड्का, सहसंयोजक कर्णबहादुर ओली, उत्तम खड्का र नेविसंघ केन्द्रीय सदस्य युङ्जोर कार्कीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस