सीटीईभीटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन आह्वान

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, ११ : ५७
सीटीईभीटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन आह्वान

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले विशेष मौका (आंशिक) परीक्षाका लागि आवेदन खुला गरेको छ । 

शैक्षिक सत्र २०७३/०७४ र २०७४/०७५ (सन् २०१६ र सन् २०१७) मा रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड र दोस्रो खण्डको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरू सहभागी लागि आवेदन माग गरेको हो।

प्रि(डिप्लोमा तहका हकमा भने शैक्षिक सत्र २०७५/०७६ र २०७६/०७७ (सन् २०१८ र सन् २०१९) मा रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई यो मौका दिइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस