काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित गैरीगाउँमा चार जनाको शव फेला परेको छ।
तीनकुने नजिकै गैह्रीगाउँस्थित दिव्य समिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा शव फेला परेको उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दिब्य सः मिलभित्र दोलखाका कुमार भुजेल सहित चार जनाको हत्या भएको हो । मृतकमा कुमारकी पत्नी अम्बिका भुजेल, उनकी आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङ घर भएका नविन राईको पनि हत्या भएको प्रहरीले जनाएको छ । मृतकहरुको टाउको र शरिरका विभिन्न भागमा चोट देखिएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० भदौ २०८०, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या