काठमाडौ । नेपाल सरकारले विकास ऋणपत्र मार्फत ९ अर्ब ४ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
आन्तरिक ऋण उठाउनको लागि सरकारले नेपाल राष्ट्र बैंकमार्फत विकास ऋणपत्र जारी गर्न लागेको हो । केन्द्रीय बैंकले ९ अर्ब ४ करोड रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्न लागेको हो ।
यस ऋणपत्रका लागि शुक्रबार भदौ २९ गते दिउँसो १२ः३० बजे बोल कबोल हुने भएको छ । यसको निष्कासन मिति भने भदौ ३१ गते तोकिएको छ । ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने सूचनामा उल्लेख गरिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धीलाई क्रमशः ८५% र १५% छुट्याइएको छ ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानो देखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ ।
ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले पनि खरिद गर्ने सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ भदौ २०८०, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण
नेपाली नर्सहरू विदेशतिर आकर्षित, स्वदेशमै गुणस्तरीय शिक्षाको अभाव
‘जेन–जी सहिद दिवस’ भदौ २३ गते मनाइने
प्रधानमन्त्री कार्कीको स्वकीय सचिवालयमा हेरफेरको दौडधुप
राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि जारी गरिएको वक्तव्यमै गम्भीर त्रुटी