काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर आयोग अध्यक्ष मगरसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिसँगको छलफलमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको थियो।
आयोगका अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्न राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वचन दिएका छन्।भेटघाटमा आयोगका सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा. टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेल सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
बौद्धिक समुदायका अगुवालाई राष्ट्रपतिको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्यो
निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गर्दै राष्ट्रपति पौडेल
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी