काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका पदाधिकारीले राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा पुगेर आयोग अध्यक्ष मगरसहितको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपतिसँगको छलफलमा मानव अधिकार आयोगको स्तर निर्धारणको विषयमा छलफल भएको थियो।
आयोगका अध्यक्षले राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि सम्पादन गरेका कार्यको बारेमा जानकारी गराउँदै राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ए’ श्रेणीमै कायम राख्नको लागि पेरिस सिद्धान्त बमोजिम राष्ट्रिय मानव अधिकार आयोग ऐन निर्माण गर्न राष्ट्रपतिबाट आवश्यक पहल हुनुपर्ने बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नको लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने वचन दिएका छन्।भेटघाटमा आयोगका सदस्यहरु डा. सूर्य ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी, आयोगका कामु सचिव मुरारिप्र्रसाद खरेल, सहसचिव डा. टीकाराम पोखरेल र मानव अधिकार अधिकृत दुर्गा पोखरेल सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने
राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता