काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।
साथै अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ । मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो । अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार ‘आलोकाचो’ निर्णयमा लागेको भन्दै रास्वपाभित्रै असन्तुष्टि
रास्वपाले तोक्यो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूको जिम्मेवारी ( सूचीसहित)
रास्वपाको दुई मापदण्ड : साहलाई तुरुन्त कारबाही, गुरुङमाथि मौनता
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो
रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यी ९ एजेन्डा तय