काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित डा.ढाकाकुमार श्रेष्ठले पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर तीन करोड रुपैयाँ माग गरेको भनि दिएको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रास्वपाले बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले कुत्सित मनसायबाट पार्टीका नेताहरूको बदनाम गर्न खोजेको आरोप लगाएको छ ।
साथै अहिले पनि पार्टीका कुनै नेता उक्त प्रकरणमा जोडिएको प्रमाणसहित आएमा ७२ घण्टाभित्र कारबाही गर्ने स्पष्ट पारेको छ । मन्त्री बन्नाउन रास्वपाको कोर टिमले तीन करोड मागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपश्चात पार्टीले श्रेष्ठलाई निष्कासन गरेको थियो । अहिले फेरि उक्त विषयलाई लिएर श्रेष्ठले विभिन्न सञ्चार माध्याबाट नेताहरूको नाम लिएपछि विज्ञप्ति निकालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ भदौ २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकवादविरुद्ध सरकारको अडानको रास्वपाले गर्यो स्वागत
जीवी राईलाई अहिलेसम्म किन पक्राउ नगरेको भन्दै सरकारलाई रास्वपाको प्रश्न
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
तोकिएकै समयमा अधिवेशन गर्न रास्वपाको निर्देशन
सरकारले शिक्षकहरूमाथि शक्ति प्रदर्शन गरेको भन्दै रास्वपाले जनायो आपत्ति
रास्वपाले तोक्यो ७ प्रादेशिक इन्चार्ज