रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो

सफल खबर संवाददाता

सोमबार, ०७ बैशाख २०८३, २० : २५
रास्वपाको सचिवालय पुनर्गठन, सदस्य संख्या १६ पुग्यो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय संरचनामा परिमार्जन गर्दै सदस्य संख्या १६ पुर्‍याएको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले तीन जना नयाँ सदस्य थप्ने निर्णय गरेपछि सचिवालय विस्तार गरिएको हो।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार भूपदेव साहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ भने सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यका रूपमा समावेश गरिएको छ। यस पुनर्गठनपछि सचिवालयको आकार १६ सदस्यीय बनेको हो। उल्लेखनीय रूपमा, पार्टीका वरिष्ठ नेतामध्येका एक बालेन शाह भने सचिवालयमा समावेश छैनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको १६ सदस्यीय सचिवालयमा सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र भूपदेव साह रहेका छन्। त्यस्तै सहमहामन्त्रीमा विपिन आचार्य, कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा वसु माया तामाङ छन्। प्रवक्ताको जिम्मेवारी मनिष झालाई दिइएको छ भने सचिवालय सदस्यहरूमा गणेश पराजुली, दीपक बोहरा, बिराज भक्त श्रेष्ठ, शिशिर खनाल, सोभिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता श्री ज्ञवाली रहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस