काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
साेमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
महाधिवेशन काठमाडौंमा आयोजना हुने नेकपाले जनाएकाे छ । केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने निर्णय बैठकले गरेकाे छ ।
यस्तै, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाले गठन गर्यो ५३३ सदस्यीय नेपाल दलित मोर्चा, संयोजक श्रीपाली र सहसंयोजक पासवान
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग
परराष्ट्र मन्त्रीको स्पष्टीकरण नेकपाद्वारा अस्वीकार
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको आपत्ति, संसद्को अभिलेखबाट हटाउन माग
जगदीश खरेलको अभिव्यक्तिमाथि नेकपाको नियमापत्ति