काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सांसदहरूले निजी क्षेत्रको विश्वास र मनोबल मजबुत बनाएर मात्र राष्ट्रिय अर्थतन्त्रलाई गति दिन सकिने धारणा व्यक्त गरेका छन्।
सिंहदरबारमा सोमबार बसेको समितिको बैठकमा सहभागी सांसदहरूले हाल निजी क्षेत्रको आत्मविश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै त्यसलाई पुनः सुदृढ गर्न नीतिगत पहल आवश्यक रहेको बताए। साथै आगामी बजेटलाई परिणाममुखी बनाउनेतर्फ विशेष ध्यान दिनुपर्नेमा उनीहरूको जोड थियो।
बैठकमा सांसद लिमा अधिकारीले निजी क्षेत्रको सक्रियता बढेमा मात्र आर्थिक गतिविधि विस्तार हुने भएकाले यसतर्फ समितिले समेत सकारात्मक भूमिका खेल्नुपर्ने बताइन्। उनले कर प्रणाली सुधार, आर्थिक क्षेत्र विस्तार तथा वित्तीय अनुशासनका विषयमा विज्ञहरूसँग विस्तृत छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन्।
त्यसैगरी सांसद पुष्पराज कंडेलले स्रोत साधनको प्राथमिकता निर्धारणमा सुधार आवश्यक रहेको बताउँदै अत्यावश्यक क्षेत्रभन्दा अन्यत्र बजेट विनियोजन गर्ने प्रवृत्ति नियन्त्रण गर्नुपर्ने धारणा राखे। उनले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गरे।
समितिका अन्य सदस्यहरूले पनि बजेट विनियोजन प्रक्रिया पारदर्शी र उत्तरदायी बनाउन संसदीय समितिको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका छन्। बैठकमा समितिको कार्यक्षेत्र विस्तार तथा आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ बैशाख २०८३, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
विपद् व्यवस्थापनमा स्रोत-साधन अभाव, निजी क्षेत्रसँग सहकार्यमा जोड
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
अर्थमन्त्रीले गरे निजी क्षेत्रसँग भेटवार्ता