काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ । आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको स्रोतले जानकारी दियो ।
‘उहाँ (भूपदेव शाह) लाई महामन्त्रीको रुपमा बैठकमा प्रस्ताव पेश हुने कार्यसूची छ,’ स्रोतले भन्यो, ‘आजकै बैठकले उक्त प्रस्ताव पारित पनि गर्नेछ ।’
काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।
यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए । लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ बैशाख २०८३, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, दुई एजेण्डा तय
रास्वपाको दाबी : चुनावपछि वाचापत्र नफ्याँक्ने, प्रतिबद्धता पूरा गर्ने लक्ष्य
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, के छ छलफलको एजेन्डा
रास्वपाले गर्यो १५ जनाको सदस्यता खारेज
मिलन पाण्डे रास्वपा प्रवेश, शिक्षा विभाग प्रमुखको जिम्मेवारी
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा