गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ ।
गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट सेवा राम्रोसँग सञ्चालन नहुँदा कठिनाई भोग्दै आउनु परेको हो ।जिल्लाको उत्तर पश्चिम अजिरकोट गाउँपालिकाको भच्चेकमा रहेको टेलिकमको टावरमा आएको समस्याका कारण टेलिकमको मोबाइल सेवा तथा इन्टरनेट दुरुस्त नचल्ने गरेको बारपाक सुलिकोट गाउँपालिकाका जीतबहादुर नेपालीले जानकारी दिए । ‘भच्चेकमा राखिएको नेपाल टेलिकमको टावरबाट बारपाक सुलिकोट गाउँपालिका विभिन्न क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगेको छ, उनले भने, ‘अहिले टावरमा आएको समस्याले राम्रोसँग इन्टरनेटले काम गरेको छैन ।’
नेटवर्कमा आएको खराबीका कारण मोबाइल कल गर्दासमेत कुरा नबुझिने, फोन गर्दागर्दै काटिने समस्या भएको जीतबहादुरको भनाइ थियो । टेलिकमको टावरमा आएको समस्याले हैरानी खेप्नु परेको अधिकांश उपभोक्ताको गुनासो छ ।
कुराकानी गर्दा मोबाइल फोनमा आवाज नसुनिने समस्यासमेत रहेको अजिरकोट गाउँपालिका-३, भच्चेकका हरिप्रसाद देवकोटाले बताए । ‘मोबाइल छ तर कुरा गर्न परेको बेला काम परेको बेला कुराकानी गर्न नै गाह्रो हुन्छ, उनले भने, ‘फोन गर्दा फोन नै लाग्न गाह्रो र फोन लागे पनि कुरा बुझ्न समस्या हुने गरेको छ ।’
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २७ भदौ २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमद्वारा अत्याधुनिक प्रविधि र सेवाको गुणस्तरका आधारमा नमूना जिल्ला कायम
टेलिकमको आमदानी घट्यो
टेलिकमको कूल आय ३९ करोडले घट्यो, मुनाफा १९ करोड ८० लाख कम
दसैँमा सामूहिक सन्देश पठाउन टेलिकमको ‘ग्रुप एसएमएस’, कति लाग्छ शुल्क ?
नेपाल टेलिकमले ल्यायो चाडपर्वलक्षित अफर
दार्चुलाको टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन