नेपालको पहिलो क्याम्पसले बल्ल पायो महिला नेतृत्व

पत्रपत्रिकाबाट

बुधबार, २७ भदौ २०८०, ०७ : २३
नेपालको पहिलो क्याम्पसले बल्ल पायो महिला नेतृत्व

काठमाडौ । नेपालको पहिलो कलेज त्रिचन्द्र क्याम्पसले बल्ल पहिलो महिला प्रमुख प्राप्त गरेको छ। प्राडा नोलम श्रेष्ठ प्रधान क्याम्पस प्रमुखमा नियुक्त भएकी छन्।

क्याम्पस स्थापना भएको १०६ वर्ष पुगेको छ। उनी सो क्याम्पसको ३३ औं प्रमुख भएकी छन् । २०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आइएससो र त्यसपछि बिएससो अध्ययन गरेकी डा श्रेष्ठले एनएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेकी हुन् ।

उनले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गरेकी थिइन्।

आठ वर्षअघि प्राध्यापक भएकी डा श्रेष्ठले भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक हुने अवसर पाएको खबर गोरखापत्रमा छापिएको छ