काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् । थापागाउँ नै घर भएका सरोजले चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भइ खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप छ ।
दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । हत्याको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
लागुऔषध बेचबिखनको आरोपमा एक महिला पक्राउ
पाल्पामा एक महिला मृतावस्था फेला
बझाङमा एक महिलाको शव फेला