काठमाडौँ । लागु औषध बेचबिखनको आरोपमा एक महिला काठमाडौँबाट पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा जनकपुर घर भइ काठमाडौँ-१५ बस्ने २० वर्षीष मनिषा ठाकुर छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।
लागु औषध बेचबिखन गरेको सूचनाका आधारमा उनको कोठामा प्रहरीले खानतलासी गरेको थियो । सो क्रममा २१ हजार ५ सय ट्याब्लेट ट्रमाडोल, २६० पिस फेनारगन, २६० पिस डाइजापा र २६० पिस नुर्फिन बरामद भएको प्रहरीले बताएको छ ।
साथै २ लाख २५ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकी ठाकुरविरुद्ध लागु औषधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ असार २०८२, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्रागिरिमा महिलाको हत्या, एक युवक पक्राउ
सङ्खुवासभामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी नियुक्त
पाल्पामा एक महिला मृतावस्था फेला
बझाङमा एक महिलाको शव फेला