काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले उपाध्यक्ष नेम्वाङको सोमबार राति करिब २ बजे हृदयाघातका कारण निधन भएको हो।
उनको अप्रत्याशित निधनले आफू स्तब्ध र मर्माहत भएको डा. भट्टराईले बताएका छन्। ‘आँखामा राखे पनि नबिझाउने’ उपमा दिँदै उनले नेम्वाङको निधनले देशलाई नै ठूलो क्षति भएको उल्लेख गरेका छन्।
‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनबाट स्तब्ध र मर्माहत छु’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु।उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्ने जेनजीको निर्णय सकारात्मक : डा भट्टराई
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा
कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने
ओली र प्रचण्डले आलोचकलाई स्टालिनले झैं राजनीतिक सफाया गर्न थाले : बाबुराम भट्टराई
पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेमा सक्रिय हुनु जबज विरोधी हुन्छ : बाबुराम भट्टराई