काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले उपाध्यक्ष नेम्वाङको सोमबार राति करिब २ बजे हृदयाघातका कारण निधन भएको हो।
उनको अप्रत्याशित निधनले आफू स्तब्ध र मर्माहत भएको डा. भट्टराईले बताएका छन्। ‘आँखामा राखे पनि नबिझाउने’ उपमा दिँदै उनले नेम्वाङको निधनले देशलाई नै ठूलो क्षति भएको उल्लेख गरेका छन्।
‘संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधनबाट स्तब्ध र मर्माहत छु’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आँखामा राखे पनि नबिझाउने, मृदुभाषी, असल मान्छे नेम्वाङको निधनमा देशले ठूलो क्षति बेहोरेको छ। मैले आत्मीय मित्र गुमाएको छु।उहाँप्रति हर्दिक श्रद्धाञ्जली, परिवारजन र पार्टीपंक्तिमा गहीरो समवेदना!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई
भारत जाँदै बाबुराम भट्टराई
बालेन्द शाहलाई बाबुराम भट्टराईले दिए यस्तो शुभकामना...
जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई
अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई