काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् ।
संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले यस्तो बताएका हुन् ।
‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु’, उनको वक्तव्यमा भनिएको छ ।
यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देश बनाउने हुटहुटीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्पिड मिल्नुपर्छ : सभामुख
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्