विराटनगर । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको सबै अन्तरविरोधको हल गर्न समाजवादी मोर्चा बनेको बताएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् ।
समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको बताउँदै उनले स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने दाबी गरे । मोर्चालाई देशको कुनाकुना पुर्याउने उनले बताए । नेपालमा आज चलिरहेको संसदीय व्यवस्थालाई परिवर्तन गर्दै समाजवादमा जाने बताएका विप्लवले जनयुद्धले ठूलो परिवर्तन आएपनि जनताले अनुभूति गर्न नसकेको बताए ।
दलाल पूँजीपतिहरूले वर्तमान व्यवस्थाको जिम्मामा जाने खतरा देखेको बताउँदै उनले त्यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए । अहिले क्रान्तिका नायकहरूलाई अपराधी जस्तो गरिरहेको परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको बताउँदै उनले अब नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब