भरतपुर भ्रमण वर्ष २०२४ मा दियालो बङ्गला दरबार खुला गर्ने तयारी भईरहेको छ: महानगरप्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १६ : ४४
भरतपुर भ्रमण वर्ष २०२४ मा दियालो बङ्गला दरबार खुला गर्ने तयारी भईरहेको छ: महानगरप्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर दियालो बङ्गला दरबार खुला गरिने बताएकी छन् ।  भरतपुर- ६ मा रहेको दक्षिणकाली पर्यटन सहकारीको पहिलो साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख दाहालले   सकेसम्म सधैका लागि नभए भ्रमण वर्षलाई दरबार खुला गरिने उल्लेख गरिन् ।

भरतपुर १ मा पर्ने दियालो बङ्गला दरबार नेपाल ट्रष्टको संरक्षण गर्दै आइरहेको छ ।अहिले सर्वसाधरणले अवलोकन गर्न पाइदैन।  प्रमुख दाहालले दरबारलाई खुला गर्न कार्यपालिका बैठकबाट निर्णय गरी संस्कृति पर्यटन मन्त्रालयलाई पत्रचार गरिएको जानकारी दिईन्। यो विषयमा मन्त्रालय सकारात्मक रहेकाले नारायणहिटी संग्रालय ढाँचामा अवलोकनको व्यवस्थापन मिलाईने उनको भनाई छ ।

यो ऐतिहासिक धरोहरलाई अवलोकन गर्ने धेरैले इच्छा तथा चाहाना व्यक्त गर्नुभएको छ, यो भरतपुर आउने पर्यटकको रोजाईको केन्द्र बन्न सक्ने बताईन् ।यो दरबारमा राजा महेन्द्र चितवन आउने क्रममा बस्ने गरेको पाईन्छ भने राजा महेन्द्रको यही दरबारमा मृत्यु भएको थियो ।

भरतपुरमा चौकी डाँडादेखि गोलाघाटसम्म मूख्य ७ र भरतपुरभर ३२ बढी पर्यटकीय गन्त्वय रहेकाले यहाँको शिक्षा, स्वास्थ्य, कृषिमाफ्त पर्यटन पनि भित्र्याउन सकिने उनले बताईन् ।

भरतपुर भ्रमण वर्षलाई सफल बनाउन भरतपुरवासीको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो । भ्रमण वर्षको तयारी अहिले धमाधम चलिरहेकाले पर्यटन पूर्वाधार पनि निर्माण भइरहेको उनले जानकारी दिईन् । भरतपुर ६ मा रहेको वन्यजन्तु आरक्षण केन्द्रलाई ओपन जु निर्माण गर्न ठेक्का सम्झौता भईसकेको समेत जानकारी दिईन्।

कार्यक्रममा पर्यटन सहकारीलाई योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मान पनि गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस