काठमाडौँ । काठमाडौँ महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राइजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौँ कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ