काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले चिनियाँ राजदूत चेन सोङले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलगायत विषयमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् । राजदूतको अभिव्यक्ति हेपाहा प्रवृत्तिको भएको भन्दै उनले त्यसको भर्त्सनासमेत गरेका छन् ।
राजदूत सोङलाई अविलम्ब स्पष्टीकरण सोध्नुपर्ने उनले बताए । सम्बन्धित निकायले चीन सरकारसँग पहलगरी सोङलाई फिर्ता पठाउन उनले सरकारसँग माग गरेका छन् ।केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपालले भारतमा निर्यात गरिरहेको विद्युतबाट घाटा व्यहोरिरहेको अभिव्यक्ति दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, ११ : ०४
लेखकबाट थप