काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।
आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् । आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।
आइतबार थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४.१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ ।
लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार