काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक २९.८१ अंकले घटेको छ । बजार १९६०.७८ विन्दुमा झरेको छ । आइतबार १.४९ प्रतिशतले बजार ओरालो लागेको हो ।
आइतबार सबै उपसूचक राताम्य देखिए । त्यसमा पनि होटल एण्ड टुरिजमका लगानीकर्ताले सर्वाधिक (३.०३ प्रतिशत) गुमाएका छन् । आइतबार २७६ धितोपत्रको ३७ हजार ४१ वटा कारोबारबाट ४० लाख ५३ हजार ३६८ कित्ता सेयर किनबेच भएको छ । यसबाट १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँ बराबरको कारोबा भएको छ ।
आइतबार थ्री स्टार हाइड्रोको कारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । यसको मूल्य १० प्रतिशतले वृद्धि भएर २५४.१० पुगेको छ । सिक्लेस हाइड्रो, प्राइम डिभेञ्चर, बुद्धभूमि नेपाल हाइड्रोसहितका धितोपत्रको मूल्य समेत बढेको छ ।
लिब्रेटी इनर्जी, सिटी होटलको नकारात्मक सर्किट लेबलमा कारोबार भयो । ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रो, सामलिङ पावर हाइड्रोसहितका धितोपत्रको भने मूल्य धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२६०० अंकमा पुग्यो सेयर बजार
घट्यो सेयर बजार
६२ अंकले बढ्यो सेयर बजार
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार