काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र आफूलाई जोडेर एमालेभित्र विवाद सिर्जना गराउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
शनिबारबाट सुरु भएको एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले उपाध्यक्ष पौडेल र आफ्नोबीचमा कुनैपनि गुटगत प्रतिस्पर्धा नरहेको प्रष्टीकरण दिएका छन् ।
“विगत केही दिनदेखि लुम्बिनी प्रदेशको अधिवेशनलाई केन्द्रविन्दु बनाएर नेकपा एमालेभित्र विवाद छ भन्ने खालको सन्देश सम्प्रेषण गर्ने प्रयत्न भइरहेको छ,” उनले भने, “कतिपय छापामाध्यममा यसप्रकारका विचारहरू, समाचारहरू सम्प्रेषण भइरहेको सुनिरहेका छौँ । पढिरहेका छौँ । नेकपा एमाले कमरेड केपी ओलीको नेतृत्वमा वैचारिक, संगठनात्मक रूपमा एकताबद्ध छ । यसलाई कसैले पनि विभाजित गर्ने, कमजोर पार्ने काम गर्न सक्दैन ।”
एमालेको प्रदेश अध्यक्षलाई लिएर उपाध्यक्ष पौडेल र महासचिव पोखरेल निकटका नेताहरुले गुट बनाएको आरोप लाग्दै आएको छ । भावि अध्यक्षका लागि पोखरेल र पौडेल दुबैले आ-आफ्नो समूहलाई अगाडि ल्याउन प्रयास गरिरहेका छन् । भने पार्टी ध्यक्ष केपी शर्मा ओली सकेसम्म दुबैलाई मिलाएर सर्वसम्मत नेतृत्व चयन होस् भन्ने चाहान्छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सल्लाहकार र पीएको भद्दा फौज खडा गरेको सुन्दा अचम्म लाग्छ: शंकर पोखरेल
एमाले पुनर्गठन औपचारिक निर्णय हो, मतमतान्तरको कुरा भ्रामक: शंकर पोखरेल
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन : शंकर पोखरेल
राज्य सञ्चालनका नाममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखियो : शंकर पोखरेल