काठमाडौं। भारत र पाकिस्तानबीचका अहिलेसम्मका एकदिवसीय खेलमा पाकिस्तान हाबी छ । तर एसिया कपमा भने भारत पाकिस्तानभन्दा अगाडि छ ।एसिया कपका अहिलेसम्मका १३ मध्ये भारतले सात र पाकिस्तानले पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।
एसिया कपमको अहिलेसम्मका १५ संस्करणमा भारतले सबैभन्दा बढी सातपटक उपाधि जितेको छ । श्रीलंकाले ६ र पाकिस्तानले दुईवटा एसिया कप आफ्नो पक्षमा पारेका छन् ।श्रीलंका ६ पटक दोस्रो हुँदा भारत, पाकिस्तान र बंगलादेशले पनि तीन–तीनपटक उपविजेता बनेका छन् ।
तर एकदिवसीयका हिलेसम्मका १३२ खेलमा भने पाकिस्तानले ७३ जित्दा भारतले ५५ खेल जितेको छ ।तर पछिल्ला एकदिवसीयका मुख्य पाँच खेलमा भारतले ४ र पाकिस्तानले एउटामात्रै जितेको छ ।
एकदिवसीयतर्फ भने २०१८ एसिया कपको सुपर फोरमा भारतले पाकिस्तानलाई ९ विकेटले भारी अन्तरले पराजित गरेको थियो । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा १ विकेट मात्रै गुमाएर सहज जित पारेको थियो । यो खेलको चार वर्षपछिको पहिलो एकदिवसीयमा भारत र पाकिस्तान एसियाकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा