काठमाडौं। भारत र पाकिस्तानबीचका अहिलेसम्मका एकदिवसीय खेलमा पाकिस्तान हाबी छ । तर एसिया कपमा भने भारत पाकिस्तानभन्दा अगाडि छ ।एसिया कपका अहिलेसम्मका १३ मध्ये भारतले सात र पाकिस्तानले पाँच खेल आफ्नो पक्षमा पारेका छन् ।
एसिया कपमको अहिलेसम्मका १५ संस्करणमा भारतले सबैभन्दा बढी सातपटक उपाधि जितेको छ । श्रीलंकाले ६ र पाकिस्तानले दुईवटा एसिया कप आफ्नो पक्षमा पारेका छन् ।श्रीलंका ६ पटक दोस्रो हुँदा भारत, पाकिस्तान र बंगलादेशले पनि तीन–तीनपटक उपविजेता बनेका छन् ।
तर एकदिवसीयका हिलेसम्मका १३२ खेलमा भने पाकिस्तानले ७३ जित्दा भारतले ५५ खेल जितेको छ ।तर पछिल्ला एकदिवसीयका मुख्य पाँच खेलमा भारतले ४ र पाकिस्तानले एउटामात्रै जितेको छ ।
एकदिवसीयतर्फ भने २०१८ एसिया कपको सुपर फोरमा भारतले पाकिस्तानलाई ९ विकेटले भारी अन्तरले पराजित गरेको थियो । पाकिस्तानले दिएको २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा १ विकेट मात्रै गुमाएर सहज जित पारेको थियो । यो खेलको चार वर्षपछिको पहिलो एकदिवसीयमा भारत र पाकिस्तान एसियाकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु