रुपन्देही । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।
आज बुटवलमा आयोजित पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताए । उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’
सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उनले बताए । देशको प्रधानमन्त्री, मन्त्री र सरकारमा रहेका दलका नेताहरूले सामाजिक सद्भाव खलबलिने गरी दिएका अभिव्यक्तिले देशलाई थप अस्थिरतामा लगेको नेता ज्ञवालीले बताए ।
नेता ज्ञवालीले सत्तारुढ दलका नेता कार्यकर्तालाई जोगाउने गरी विभिन्न भ्रष्टाचारका फाइलहरू खोल्ने र बन्द गर्ने हल्ला गरिएको बताउँदै अब एमालेभित्रको एकताबाट त्यसलाई चिर्ने गरी अगाडि बढ्नुपर्ने बताए ।
एमालेभित्र सबै शक्तिको गठबन्धन हुँदा पनि एमाले जनमतमा पहिलो शक्ति भएको बताउँदै उनले सरकार बनाउन बहुमत आवश्यकता हुने भएकाले अब मिसन ०८४ को अभियान चालिएको नेता ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी
मतदान प्रक्रियाले पार्टीको आन्तरिक लोकतन्त्र र राष्ट्रिय राजनीतिमा महत्वपूर्ण सन्देश : प्रदीप ज्ञवाली
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
ओली नेतृत्वको टोलीलाई जिताऔँ : प्रदीप ज्ञवाली
यो नेतृत्व चयन गर्ने महाधिवेशन हो, नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन: प्रदीप ज्ञवाली
शान्ति सुरक्षाबारे कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको गैरजिम्मेवार अभिव्यक्ति : प्रदीप ज्ञवाली