काठमाडौं । नेपालमा पशुपंक्षीहरुमा पछिल्लो समय महामारी कै रुपमा देखा परेको लम्पि स्किन रोगबाट हालसम्म ४७ हजार ६ सय ४९ वटा पशुको मृत्यु भएको छ ।
प्रतिनिधि सभाको कृषि समितिको बैठकमा बोल्दै कृषि तथा पशुपंक्षि विकासमन्त्री डा.वेदुराम भुसालले सो जानकारी गराएका हुन् । भुसालका अनुसार देशैभर हालसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायमै रहेको छ ।
मन्त्री भुसालले सबै निकायसँग समन्वय गरेर अगाडि बढ्ने र क्षतिपुगेका किसानलाई राहात उपलब्ध गराउने बारेमा सरकार सचेत रहेको बताए । उनले किसानलाई क्षतिपूर्ती दिन नसकेपनि राहात दिने कुरामा भने सरकारसँग निरन्तर छलफल भइरहेको बताए ।
मन्त्री भुसालका अनुसार हाल देशका ७७ जिल्लामध्ये मुस्ताङमा लम्पि स्किन रोग पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ । त्यस्तै अन्य प्रदेशमा संक्रमण दर कम हुँदै गएपनि हाल बागमती प्रदेश र मधेश प्रदेशमा भने संक्रमण दर उच्च नै रहेको छ ।
मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान शुरु हुँदै
चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे
सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा