इलाम । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा इलाममा एक पुरुष पक्राउ परेका छन् ।४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्णबहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर इलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ