बारा । नेकपा एमाले बाराले विभिन्न ८ सुत्रिय मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाण्डौमा ज्ञापन पत्र बुझाएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बारा मार्फत बुझाईएको ज्ञापन पत्रमा सुख्खाबाट प्रभावित किसानका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ ।
यसैगरी लम्पी स्किन रोकबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्थागर्न सरकारसँग माग गरिएको छ ।
यस्तै आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन भनिएको छ । समय मै मलखादको उचित व्यवस्था गर्न र शान्तिसुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।
एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा किसानले उत्पादन गरेको गरेको तरकारी, खाध्यन्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न समेत माग गरिएको छ ।
उखु किसानले सरकारबाट पाउने अनुदान रकम ऐलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी माग गरिएको छ ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाइ ज्ञापन पत्र बुझाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान शुरु हुँदै
चितवनमा लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे
सुनसरीमा लम्पी स्किनको संक्रमण बढ्दो, ५३ पशु चौपायाको मृत्यु
पाँच प्रदेशमा फैलियो लम्पी स्किन
लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा