काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिवार देखी सुरु भएको आन्तरिक अभियान १० दिन चल्नेछ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले सङ्गठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
काँग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ। उनीहरूले सङ्गठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन्।
आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म ञसमुदायमा काँग्रेस राष्ट्रव्यापी अभियानझ सञ्चालन हुने महामन्त्री शर्माले बताए। काँग्रेसले यो वर्ष ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ। २०७८ मा भएको १४ औँ महाधिवेशनमा काँग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति थापा र उपसभापति शर्माको आजको यस्तो छ चुनावी कार्यक्रम
पोखरामा आज कांग्रेसको आमसभा
भोलि बुटवलमा आयोजना हुने काँग्रेसको चुनावी सभालाई गगन थापाले सम्बोधन गर्ने
काँग्रेसले आफूलाई समयानुकूल रूपान्तरण गरेको विश्वप्रकाश शर्माको दाबी
कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने
काँग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक