काठमाडौँ । नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिवार देखी सुरु भएको आन्तरिक अभियान १० दिन चल्नेछ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले सङ्गठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
काँग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको छ। उनीहरूले सङ्गठन बलियो बनाउन जिल्ला कार्यसमिति लगायत पार्टीका तल्ला समितिहरूसँग छलफल गरेर आवश्यक रणनीतिसमेत तय गर्नेछन्।
आन्तरिक अभियान सकिएपछि भदौ १० गतेदेखि २४ गतेसम्म ञसमुदायमा काँग्रेस राष्ट्रव्यापी अभियानझ सञ्चालन हुने महामन्त्री शर्माले बताए। काँग्रेसले यो वर्ष ५ लाखदेखि ७ लाखसम्म सदस्य पार्टीमा थप गर्ने नीति लिएको छ। २०७८ मा भएको १४ औँ महाधिवेशनमा काँग्रेस क्रियाशिल सदस्य ८ लाख ४६ हजार पुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा विघटन असंवैधानिक छ: कांग्रेस
संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्चको व्याख्या विपरीत: कांग्रेस
‘हामी उठ्ने छौँ’ लेखेर काँग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बिपीको फोटो
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै