काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ ।
बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै छलफलमा जुटेको खड्का समूहले १५औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने बुझिएको छ ।
सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू पक्षका नेताहरुलाई छलफलमा बोलाएका थिए ।
शनिबारको बैठकमा नेता, खड्का, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ बैशाख २०८३, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक
काँग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुँदै
लेखा समितिको सभापति कांग्रेसलाई
काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा
कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै