काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दाको आज पनि सुनुवाइ हुँदैछ ।
नेपाली काँग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका लागि सुनुवाइमा राखिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । देउवा पक्ष र आयोगको तर्फबाट सरकारी वकिलको बहस सकिएको छ । आज रिटमा विपक्षी बनाइएका काँग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माका तर्फबाट प्रतिरक्षा हुनेछ ।
कानुन व्यवसायीहरूका अनुसार बहस प्रक्रिया सम्पन्न भएलगत्तै आदेश जारी हुने सम्भावना रहेको छ ।
यो मुद्दा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई आधिकारिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरिएको हो । साथै, सो विवाद समाधान नहुँदै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको तथा सदस्यता खुला गर्ने निर्णयविरुद्ध पनि अर्को रिट दर्ता भएको छ, जसमा पूर्णबहादुर खड्का पक्ष संलग्न रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ बैशाख २०८३, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसले बोलायो सातै प्रदेश सभापति र मुख्यमन्त्रीको संयुक्त बैठक
लेखा समितिको सभापति कांग्रेसलाई
काँग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा
कांग्रेस अनुशासन समितिले पूर्णबहादुरलाई गर्ला त कारवाही सिफारिस ?
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक